Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


सांसद आशिका तामाङको निर्देशनप्रति धादिङका १३ स्थानीय तहको आपत्ति


3.4k
Shares

काठमाडाैं । धादिङका १३ वटा स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत दिएको ‘निर्देशन’प्रति असन्तुष्टि जनाएका छन्।

धादिङ–१ बाट निर्वाचित सांसद तामाङले मलेखुदेखि ताल्तीसम्मका सवारीसाधनबाट ढुवानी शुल्क नलिन निर्देशन दिएको उल्लेख गर्दै स्थानीय तहहरूले त्यसप्रति आपत्ति जनाएका हुन्।

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको जनप्रतिनिधिहरूको बैठकले उक्त निर्देशनले स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ।

विज्ञप्तिमा संविधान २०७२ ले सुनिश्चित गरेको स्थानीय तहको अधिकार कार्यान्वयनमा अवरोध देखिएको उल्लेख गर्दै संघीय शासन प्रणालीअनुसार तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम हुनुपर्नेमा जोड दिइएको छ।