काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रमबारे नेपाल बार एसोसियसनले आजदेखि आन्तरिक छलफल गर्दैछ । आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो । छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । बारले यसयघि प्रधानन्यायाधीशको राजीनामा माग…