काठमाडौं । नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखकोे ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप पनि लगाउनुभयो ।…