काठमाडौं, पुष ४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भएको हो…