Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न राष्ट्रपतिकाे आग्रह


104
Shares

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ ।

काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले विकास सम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्न स्थानीय जनप्रतिनिधिका साथै सरोकारवाला सबैलाई आग्रह गर्नुभयाे।

हरियाली प्रवर्द्धन, पानीका मुलहरु बचाउँने एवं जैविक विविधताको रक्षा गर्नसके मात्र यस सुन्दर धर्ती र भावी पुष्ताका लागि सुरक्षित बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाइ छ ।