काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो । शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १ हजार ६ सय ४० मत ल्याउँदा शाहीले २ हजार ८ मत ल्याउनु भएको थियो ।…