काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र नागरिकताको मुद्दा छिटोभन्द छिटो समाधान हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले मधेशी नागरिकले नागरिकता पाउन समस्या झेल्नुपरेको भन्दै त्यो समस्या…