काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै सुरु हुने भएको छ । सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थाल्ने जानकारी दिनुभयो । गत सोमबार भएको मतदानपछि मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने…