काठमाडौंमा जनताका समस्या समाधान गर्नसक्ने मेयर उठायौं : गगन थापा « Imagekhabar – Online News Portal of Nepal


काठमाडौंमा जनताका समस्या समाधान गर्नसक्ने मेयर उठायौं : गगन थापा


2.262k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गनुएभएको छ ।

बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको दाबी गर्नुभयो । महामन्त्री थापाले कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘आरणीय साथीहरुलाई म आग्रह गर्न चाहन्छु मैले व्यक्तिका हिसावले, राजनीतिकर्मीका हिसावले उहाँसँग मेरो कुनै गुनासो रहेन । तर मेयरको रुपमा हामीजस्तो जनप्रतिनिधिहरुले चाहेको प्रतिनिधि यस्तै हो । म काँग्रेसका कार्यकर्ताहरुलाई अबको ५ वर्ष काठमाडौं महानगरपालिकाको प्रमुख हामीसँग नहुँदै गर्दा हाम्रो अवस्था कस्तो हुँदो रहेछ भन्ने कुरा देखेर आएका छौँ । कागजमा मात्रै महिलालाई दोस्रो दर्जाको नागरिका होइन बराबर हो भनेर हुन्छ, व्यवहारमा त्यो अधिकार प्रयोग गर्न आउँदै गर्दा होच्याउने हो ? अघिल्लो पटक सूर्यमा भोट हाल्नुभयो, छोडिदिनुहोस् यस पटक रुखमा हालनुहोस् । फेरि अर्कोपटक सूर्यमा हाल्नुहोला । लडाइँ घरभित्र पनि छ, महिलाको लडाइँ सजिलो छैन ।’

महामन्त्री थापाले साना साना काठमाडौंबासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंबासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताउनुभयो ।