Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


राजनीतिक नियुक्तिकै शैलीमा प्रहरी प्रमुख चयन, सर्वोच्चले चलाउला डण्डा ?

काठमाडौं । एक दिनअघिसम्म कुममा कुम, काँधमा काँध जोडेर हिँडेका प्रहरी अधिकृतलाई संगठनको नेतृत्वमा राजनीतिक नेतृत्वको हस्तक्षेपले रातारात शत्रु बनाइदिन्छ । हिजोसम्म सलाम ठोकिएको अग्रज सहकर्मी विरुद्ध न्यायालयको ढोका ढक्ढक्याउने अवस्थामा पुर्‍याइदिन्छ । यही मुद्दाले उग्ररूप लिँदै जाँदा हजारौं संख्यामा रहेको प्रहरी संगठनभित्र सत्ता र शक्तिले कित्ताकाट गरिदिन्छ । अन्ततः त्यसको प्रभाव सिंगो मुलुकले व्यहोर्नुपर्छ…