काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गर्नुभएको छ । सोही पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर लैजाने…