काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवा स्वास्थ्य प्रोटोकलअनुसार आइसोलेसनमा बस्नुभएको हो । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी…