चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आफूहरू पार्टी निर्माण गरेकाले अब राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभयो । ‘अब राजतन्त्र कि गणतन्त्र भन्ने बहस करिब–करिब सकियो,’ उहाँले भन्नुभयो,…