काठमाडौं । राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिनुभएको छ । उहाँ राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुनुहुन्छ । अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिनुभएको हो । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उहाँ सदस्यमा निर्वाचित हुनुभएको थियो ।