सोलुखुम्बु । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका सात पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । नेपाल पत्रकार महासंघ सोलुखुम्बुका दुई जना उपाध्यक्षमध्ये विना…