काठमाडौं । ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम रम्तेललाई…