काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । पार्टीका विद्रोही नेताहरूको भेलाले चन्दलाई महासचिवबाट हटाएको छ । चितवनको पर्सामा भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाउँदै धर्मेन्द्र वास्तोलाई पार्टीको संयोजक तोकेको हो । यस्तै खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । भेलाले नयाँ पार्टी गठन गर्ने तयारी समेत गरेको…