काठमाडौं । नेकपा(माओवादी केन्द्र)की नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ । शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरूलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले उपप्रमुखमा निर्वाचित महिलाहरूले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताउनुभयो…