Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पोखरामा एमालेकाे घोषणापत्र : मोनो र मेट्रोरेललाई निरन्तरता, सुरुङ र ओभरहेड ब्रिज पनि थपिए

पोखरा । पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्याशी मञ्जुदेवी गुरूङले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको उपस्थितिमा उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिइएको छ । यसअघिको चुनावमा समेत एमालेको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो…