काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ । अब ६ वटा महानगर काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जसहित भक्तपुर जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी भएको आयोगको भनाइ छ । जनक शिक्षा सामग्री केन्द्रले ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको…