काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं वार्षिक बैठकमा सहभागी हुनुहुने छ । गत भदौं २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्विकृति प्रदान गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रालयमा आयोजित…