स्टेट पार्टनरसिप प्रोग्राम —एसपीपी—अर्थात् राज्य साझेदारी कार्यक्रम । अमेरिकाको सेनाले सम्बन्धित देशका विपत् व्यवस्थापन गर्न खटाइएका सेनासँग मिलेर सहकार्य गर्ने कार्यक्रम । अहिले बुझ्दा त्यस्तै बुझिन्छ । अमेरिकाको एसिया प्रशान्त क्षेत्रका सेनापति चाल्र्स एन्थोनी फ्लिन् नेपाल भ्रमणमा आउँदा उठ्यो एउटा कुरा कि निकट भविष्यमा नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्मा(हाल अमेरिका भ्रमणका समेतका लागि नेपालबाट…