हुलाकमा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलब अतिन्यून : लक्ष्मणलाल कर्ण « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


हुलाकमा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलब अतिन्यून : लक्ष्मणलाल कर्ण


741
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिनुभएको हो ।

उहाँले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलब सरकारले तोकेको मापदण्ड भन्दा पनि अतिन्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरुले ७/८ हजार मासिक तलव लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभयो ।

नेता कर्णले सरकार आफैंले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटकपटक दोहोर्‍याउनुभयो ।