काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गर्नुभयो । स्पेशल…