कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहनुभएको छ । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ मत गणना भएको छ । जसमा हमालले ४ हजार ५३८ मत प्राप्त गर्नुभएको छ । यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत प्राप्त भएको छ…