पुनः मतगणना गर्न माग राखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


पुनः मतगणना गर्न माग राखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम


18.98k
Shares

हरिवन । हरिवन नगरपालिका वडा नम्बर ७ को पुनः मतगणना माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका छन् ।

हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा कांग्रेसका प्रत्यासी अशोक थापा नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भोटले पराजित देखिएपछि कांग्रेसीले पुनः मतगणनाको माग राखेका थिए । तर, निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले पुनः मतगणना गर्नुनपर्ने भन्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगामुढा गरेका छन् ।

ढुंगामुढाबाट ईलाका इलाका प्रशासन कार्यालयका झ्यालका सिसा फुटेको छ । सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसीलाई धपाउन २ सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । लगतै कांग्रेसी कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्गमा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेका छन् ।

कांग्रेस जिल्ला सचिव निरज कार्की नेतृत्वमा कांग्रेसी कार्यकर्ताले राजमार्ग अवरोध गरिरहेका छन् । निर्वाचन अधिकृत आचार्यले सर्वदलीय बैठक डाकिएको जानकारी दिनुभयो ।

सोमबार बिहान ११ बजेदेखि हरिवनमा मतगणना रोकिएको छ ।