काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का दिपक गौतम निर्वाचित हुनुभएको छ । समाजवादीको जिल्ला सचिव समेत रहनुभएका गौतमले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले २२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कमला काफ्लेले ४ मत प्राप्त गर्नुभएको छ…