राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन


208
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृतका पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेकाे छ ।

यसका साथै प्रदेश सकरार विकास पहिलो संसोधन अध्यादेश २०७८ प्रतिस्थान विधेयक, आइसोलेन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले बताउनुभयो ।