काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकको बढुवा गर्ने कार्यमा ढिलाइ गर्दा अहिले ५ वटा प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त प्रमुखको जिम्मा दिइएको छ । केही हप्ताअघि मन्त्रिपरिषद् बैठकले प्रदेश कमाण्ड सम्हालिरहेका ५ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त प्रहरी नायब महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि पद खाली भएको हो । डीआइजी…