प्रमुख प्रतिपक्ष दलका नेताको नैतिकता हरायो : सांसद थापा « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


प्रमुख प्रतिपक्ष दलका नेताको नैतिकता हरायो : सांसद थापा


949
Shares

काठमाडौं । सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताउनुभएको छ ।

उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौति दिने कुरा नैतिकताले नदिने बताउनुभयो ।

सांसद थापाले सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो । उहाँले प्रमुख प्रतिपक्षले आफँै गल्ति गरेर आफैँ निहुँ खोज्ने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ राजनीतिमा नैतिकता हराएपछि के हुन्छ सभामुख महोदय, जब पानीमा एच टु हटेपछि पानी रहन्छ र ? रहन्न माननीय केपी ओली २०७२ असोज प्रधानमन्त्री बन्नुभयो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको स्टेट पार्नरसिप प्रोगामबारे २०७२ कात्तिक १० गते पत्रचार गर्नु र सोही सरकारका रक्षा मन्त्रीले संसदमा गठबन्धनको नेतालाई ठाडो चुनौति दिने कुन नैतिकताले दिन्छ । कि थाहा नभएको विषय बोल्नु नै भएन । सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । आफैँ गल्ति गर्ने आफैँ निहुँ खोज्ने यो के प्रवृति हो । जिम्मेवार हुनु भनेको भएको गल्ति सच्याउनु हो ।’