
काठमाडौं । सांसद आशाकुमारी बिकले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताउनुभयो ।
उहाँले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाई दिन माग गर्नुभयो । सांसद बिकले कञ्चनपुरका शुसील चटोरविरुद्ध १३ वर्षीय बालिका बलात्कार मुद्दा हेरी रहेकी ललितपुरकी सरकारी वकिल संगिता थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरुवा गरिएकोप्रति सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले तत्काल बलात्कार घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्