काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको छ । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले नेपाली कांग्रेसलाई वामपन्थीहरुसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको हो । उहाँले कांग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले कांग्रेस समाजवादमा नआउने हो भने…