संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट मतपेटिका नआई पुगेको कारण संखुवासभामा मंगलबारबाट मतगणना गर्ने मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको ९ स्थानिय तहबाट मतपेटिका सदरमुकाम आइपुगे पनि भोटखोला गाउँपालिकाबाट सोमबार राति १२ बजेसम्म आई पुग्ने भएकाले मंगलबारबाट मतगणना सुरु गर्ने सहायक मुख्य निर्वाचन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले बताउनुभयो । उहाँले आजै चीनसँग सिमा जोडिएको…