काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रीय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता…