काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले मन्त्रीहरू हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य भएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले पार्टीले मन्त्रिपरिषद् हेरफेर गर्नु स्वागतयोग्य भएको बताउनुभएको हो । उहाँले पार्टीले मन्त्रीहरू बनाउँदा समावेशी बनाउन नसकेको बताउनुभयो । मन्त्री हेरफेर गर्न पार्टी अध्यक्षलाई अधिकार दिइए…