काठमाडौं । डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने गरी सर्वाेच्च अदालतले आदेश दिएकाे छ । ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीको उम्मेदवारी कायम हुने गरी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश दिएकाे हाे । तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न…