राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नु पर्दैन : अध्यक्ष लिङदेन « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नु पर्दैन : अध्यक्ष लिङदेन


39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउनुभएको हो ।

उहाँले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताउनुभयो । उहाँले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताउनु भयो । उहाँले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताउनुभयो ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा बुधबार चियापान कार्यक्रम गर्ने भएको छ ।