काठमाडाैं । सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताउनुभएको छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गोरखाको जनताको अपेक्षाअनुसार जिल्लाको विकास निर्माणको…