काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने हुनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि कुरा गर्दै पार्टी सचिव गणेश साहले सभापति लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री नियुक्तीका बारेमा निर्णय नहुने बताउनुभएको…