Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहनु भएकाे छ । नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएकाे छ ।