काठमाडौं । नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपतिका लागि छुट्टै सल्लाहकार समूह आवश्यक नरहेको बताउनुभएको छ । प्रधानमन्त्री र मन्त्रिपरिषद् आफैं सल्लाहकार भएकाले राष्ट्रपतिले छुट्टै सल्लाहकार समूह बनाउन आवश्यक नरहेको उहाँको तर्क थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्रको रुपमा बनाउन सल्लाहकार बनाउने कानूनी व्यवस्था…