Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


राष्ट्रपतिका लागि छुट्टै सल्लाहकार समूह आवश्यक छैन : रघुजी पन्त


351
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपतिका लागि छुट्टै सल्लाहकार समूह आवश्यक नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री र मन्त्रिपरिषद् आफैं सल्लाहकार भएकाले राष्ट्रपतिले छुट्टै सल्लाहकार समूह बनाउन आवश्यक नरहेको उहाँको तर्क थियो ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्रको रुपमा बनाउन सल्लाहकार बनाउने कानूनी व्यवस्था गर्नु संसदीय व्यवस्थाका लागि उचित नभएको भन्दै सो कानून तत्काल संशोधन गर्नुपर्ने प्रस्ताव समेत राख्नुभयो ।

उहाँले राष्ट्रपति रामचन्द पौडेलले कानुनमै नभएको परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो÷होइन ? आफू स्पष्ट हुन चाहेको पनि पटकपटक दोहोर्‍याउनुभयो । सांसद पन्तले मुलुकलाई उपराष्ट्रपति नचाहिएको जिकीर समेत गर्नुभयो ।

सांसद पन्तले राष्ट्रका लागि आवश्यक नभएको संस्थाहरु राख्न नहुने बताउनुभयो ।