काठमाडौँ । सर्वोच्च अदालतले पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णयविरुद्ध गुप्ताले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त आदेश बदर गरेको हो । यसअघि विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश दिएको थियो ।…