काठमाडौं ।
नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउने भन्दै तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २०८३ देखि ०८५ सालसम्मको योजना सार्वजनिक गर्नुभएको हो ।
२०८२ साल भदौ २३ र २४ गतेको घटनाबाट सबै भन्दा ठुलो भौतिक र मानसिक क्षेति व्यहोरे पनि नेपाल प्रहरीले आफुलाई सम्हालेर लयमा फर्काएको छ । तर राजनीतिक घटना क्रम र प्रविधि संग जोडिएको अपराधका कारण भने शान्ति सुरक्षा र अपराध नियन्त्रण थप जटिल बन्दै गएको छ ।
त्यही विचमा नेपाल प्रहरीले आगामी ३ वर्षका लागि राणनीति सार्वजनिक गरेको छ । ३६ वटा रुपान्तरणकारी राण्नीति र ९९ वटा कार्यक्रम अगाडी सारेको प्रहरीले आगामी तीन वर्ष गाउँबाट आन्तरिक रुपमा भैरहेको बसाइँसराइले सुरक्षमा पार्न सक्ने चुनौती , विश्वराजनीतिम देखिएको परिस्थितिको मुल्याँक गर्दै त्यसले मुलुकको राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव , अनुसन्धानका लागि डिजिटल फरेन्सिक ल्याबमा नयाँ प्रविधि र संगठित अपराध नियन्त्रण गर्न सक्ने गरी संगठनको विभागहरुकै पर्नसंरचना गर्ने तयारी गरेको हो ।
परम्परागत अपराध संगै प्रविधि संग जोडिएको अपराध नियन्त्रणका लागि पनि प्रहरीले संगठन भित्र नयाँ अध्ययन गरेर विभागहरुको पूर्नगठन गर्ने तयारी गरिरहेको महानिरीक्षक दाबहादुर कार्कीले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्