काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरुले ढुंगामुढा गरेका बताउनुभयो । उहाँले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट…