काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस्तै,…