काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बताउनुभएको हो । उहाँले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान…