काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा उन्मुक्ति दिने संभावना बढेको छ । स्राेतका अनुसार अमेरिकी नागरिकता र राहदानी बहाल रहेकै बेला नेपाली राहदानी लिएका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि उन्मुक्तिकाे संभावना बढेको हो । अमेरिकी नागरिकता लिएपछि स्वतः निस्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेर…