काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पहिलो दिन नै संसद विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसदमा पहिलो दिन नै संसद विघटनको कुरा उठाउनु…