काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८ बजेदेखि मतदान हुन लागेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि अध्यक्ष पदका आकांक्षीहरु सहमत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरू भएको हो…